Thursday, March 3, 2016

प्याजका १० फाइदा, क्यान्सर देखि मधुमेह सम्मको औषधि

Posted By: Unknown - 2:28 AM
प्याज खाएपछि मुखबाट गन्ध आउँछ । सोही कारण कतिले प्याजलाई मन पराउँदैनन् त कतिपयले धार्मिक मान्यताका कारण पनि प्याजको सेवन नै गर्दैनन् ।


तर प्याज खाएपछि केहीबेर गन्ध आएपनि वा धार्मिक मान्यताधारीहरुले नरुचाएपनि यो निकै हितकारी खाद्यपदार्थ हो । विज्ञहरुका अनुसार प्याजमा निकै लाभदायक तत्वहरु पाइनुका साथै यसमा औषधिय गुण समेत पाइन्छ । प्याज खानुका मुख्य फाइदाहरु यस्ता छन् –





१, क्यालोरी दहन गर्न – बढि क्यालोरीयुक्त खाद्यपदार्थ खानाले मोटोपना लगायतका समस्या आउन सक्छ । तर प्याज यस्तो खाद्यपदार्थ हो जसले क्यालोरी दहन गर्न मद्दत गर्दछ । प्याजले कार्बोहाइड्रेटलाई पचाउन सहयोग पूराउँछ ।

२,महिनावारीको बेला हुने पीडा कम गर्न समेत प्याजको सेवन लाभदायक हुन्छ । प्याजमा हुने तत्वले पेन किलरको काम गर्छ । सामान्यतया महिनावारी हुने नियमित समयको ४(५ दिनअघि देखिबाट नियमित रुपमा प्याज खाने गरेमा महिनावारी हुँदा दुखाइ बढि हुने महिलालाई फाइदा पुग्छ ।

३, दागधब्बा हटाउन सहयोग गर्छ । प्याजमा हुने भिटामिन सी तथा एन्टिसेप्टिक तत्वले डार्क स्पट तथा कालो पोतो कम गर्दछ । प्याज पिँधेर त्यसको लेप दहिमा मिलाएर अनुहार तथा सरीरमा लगाउनाले जिउमा भएका दाग धब्बा कम हुन्छ ।

४, प्याजमा क्यान्सर प्रतिरोधी तत्व हुन्छ । प्याजको नियमित सेवनले टाउको, घाँटी तथा पेटको क्यान्सरको खतरा कम गर्ने वैज्ञानिकहरुले बताएका छन् । प्याजमा हुने अर्गानोसल्फ तत्वले क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्छ । यसले क्यान्सर जन्य कोषलाई रोक्दछ ।

५, प्याजको सेवनले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । प्याजमा हुने फाइटोकेमिकल्सले जिउमा भिटामिन सी को प्रभाव बढाउँछ र रोग प्रतिरोधी क्षमता बढाउँछ ।

६, दिनहुँ प्याजको सेवनले रुघाखोकी तथा चिसोको समस्या पनि कम गर्छ ।

७, प्याजमा एन्टी फ्लामेटरी तथा एन्टी सेप्टिक र एन्टी ब्याक्टेरियल गुण हुन्छ । तसर्थ प्याज दिनहुँ खाने गर्नाले पेट दुख्ने, आन्द्राको संक्रमण लगायतका जोखिम कम हुन्छ ।

८, निद्रा नपर्ने समस्या भएकाहरुका लागि प्याजको सेवन लाभदायक हुन्छ । बेलुकीको खानामा प्याजलाई सलादको रुपमा खाने गर्नाले मीठो निद्रा पर्छ ।

९,मधुमेहको जोखिम घटाउँछ । प्याजमा कम मात्रामा क्यालोरी हुन्छ । साथै यसमा फाइबर, आइरन, पोटासियम, भिटामिन्स तथा अन्य विभिन्न खाले पोषक तत्व समेत हुन्छ । त्यसैले प्याजको सेवनले रगतमा चिनीको मात्रा सन्तुलित गराउन सहयोग गर्छ । साथै मधुमेहका रोगीको लागि समेत प्याजको सेवन फाइदाजनक हुन्छ ।

१०, मुखबाट गन्ध आउने तथा दाँत, गिँजा र मुखमा संक्रमण भएका हरुका लागि प्याजको सेवन फाइदाजनक हुन्छ । प्याजको सेवनले मुखमा रहेका हानिकारक जिवाणु नष्ट गर्न सहयोग गर्छ । एजेन्सीको सहयोगमा

About Unknown

Organic Theme is officially developed by Templatezy Team. We published High quality Blogger Templates with Awesome Design for blogspot lovers.The very first Blogger Templates Company where you will find Responsive Design Templates.

0 comments:

Post a Comment

Copyright © 2015 ALL VIDEO.COM

Designed by Templatezy | Distributed By Blogger Templates