Monday, February 22, 2016

अरबलाई अरब किन भनियो ? हिन्दूहरुसँग अरवको के सम्बद्ध छ ?

Posted By: Unknown - 8:41 AM
भृगु ऋषिका नाति शुक्राचार्यको छोरोको नाउँ ” और्व ” हो ! ऐतिहासिक रुपमा अरव ऋषि और्वकै नाउँबाट राखिएको हो ! “हिस्ट्री अफ पर्शिया” का लेखक साइक्सले उल्लेख गर्दै भनेका छन् अरबको नाम और्व ऋषिको नाउबाट राखिएको हो र विकृत हुदै “अरब” हुन् पुगेको हो ! हाम्रा पौराणिक ग्रन्थहरु अनुसार यस भूखण्डको उत्तर-पश्चिम क्षेत्रलाई इलावर्त भनिन्थ्यो जहाँ दैत्य र दानव रहने गर्दथे ! यो ईलावर्तमा अहिलेको रुसको एशिया खण्डको दक्षिणी-पश्चिमी भूभाग र ईरानको पूर्वी भूभाग समेटिएको थियो ! आदित्यहरु(देवगण)को वासस्थान नेपालको उत्तर-पूर्वमा रहेको हिमालय क्षेत्र हो ! बेबीलोनको प्राचीन गुफाहरुमा भेटिएको पुरातात्त्विक बस्तुहरुमा र गुफाको भित्तामा भेटिएका चित्रहरुमा भगवान विष्णु र हिरण्यकशिपुको भाई हिरण्याक्ष संग युद्ध गरेको चित्र भेटिएको कुरा कुनै पनि हिन्दूले बिर्सिनु हुदैन !



त्यतिखेर अरब ठूलो व्यापारिक केन्द्रको रुपमा थियो ! यसैकारण देव, दानव र दैत्य बीच इलावर्तकै कारण त्यसको विभाजनको बिषयलाई लिएर १२ पल्ट ‘देवासुर संग्राम’ भएको थियो ! देवताहरुको राजा ईन्द्रले आफ्नी छोरी जयन्तिको बिहे शुक्राचार्य संग गर्नुको उद्द्येश्यनै शुक्राचार्यलाइ देउताको पक्षमा ल्याउनु थियो तर शुक्राचार्यले मानेनन् ! शुक्राचार्य जिद्धि स्वभावका भएका हुँदा विश्व बिजेता दैत्यराज बलिले शुक्राचार्यले भनेको नमान्दा दिक्क मानेर उनि आफ्नो नाती और्व ऋषिका समिप अरब आइ १० वर्ष बसेका थिए ! साइक्सले आफ्नो इतिहास ग्रन्थ “हिस्ट्री अफ पर्शिया” मा लेखेका छन् ‘शुक्राचार्य लिव्ड टेन इयर्स इन अरब’! अरबमा शुक्राचार्यको धेरै सम्मान गरिएको थियो ! शुक्राचार्यलाई सम्मान गरिएको ठाउँ लाइनै अहिले ‘काबा’ भनिएको हो ! त्यो कावा ‘काव्य शुक्र’ (शुक्राचार्य , उनलाई कवि पनि भनिन्छ ) को सम्मानमा निर्माण गरिएको आराध्य देव शिवको मन्दिर हो जुन ‘काव्य’ नाम पछि विकृत भएर ‘काबा’ हुन् पुग्यो ! अरबी भाषामा ‘शुक्र’ को अर्थ ‘ठूलो ‘ अर्थात ‘जुम्मा’ यसैकारण भनिएको हो र यसै दिनलाई अर्थात ‘जुम्मा’ (शुक्रवार) लाइ मुसलमानहरु पवित्र दिन मान्दछन !
“बृहस्पति देवानां पुरोहित आसीत्, उशना काव्योऽसुराणाम्”-जैमिनिय ब्रा.(०१ -१२५ )
अर्थात बृहस्पति देउताहरुका पुरोहित थिए र उशना काव्य (शुक्राचार्य) असुरहरुका पुरोहित थिए !
प्राचीन अरबी काव्य संग्रह गंथ ‘सेअरूल-ओकुल’ को २५७ औं पृष्ठमा हजरत मोहम्मद भन्दा २३०० वर्ष पहिले ईसा मसीह भन्दा १८०० वर्ष पूर्व जन्मिएका लबी-बिन-ए-अरव्तब-बिन-ए-तुरफाले आफ्नो प्रसिद्ध कवितामा हाम्रो भूमि र वेद प्रति सम्मान गरेको कविता हेरम –
“अया मुबारेकल अरज मुशैये नोंहा मिनार हिंदे।
व अरादकल्लाह मज्जोनज्जे जिकरतुन।१ ।
वह लवज्जलीयतुन ऐनाने सहबी अरवे अतुन जिकरा।
वहाजेही योनज्जेलुर्ररसूल मिनल हिंदतुन।२ ।
यकूलूनल्लाहः या अहलल अरज आलमीन फुल्लहुम।
फत्तेबेऊ जिकरतुल वेद हुक्कुन मालन योनज्वेलतुन।३ ।
वहोबा आलमुस्साम वल यजुरमिनल्लाहे तनजीलन।
फऐ नोमा या अरवीयो मुत्तवअन योवसीरीयोनजातुन।४ ।
जइसनैन हुमारिक अतर नासेहीन का-अ-खुबातुन।
व असनात अलाऊढ़न व होवा मश-ए-रतुन।५ ।”

अर्थात-(१ ) हे हिन्दूहरु बस्ने पूण्य भूमि (मिनार हिंदे) तिमी धन्य छौ , ईश्वरले आफ्नो ज्ञानको लागि तिमीलाई छानेको हो ! (२ ) ईश्वरको ज्ञान प्रकाश, जुन चार प्रकाश स्तम्भ समान भई सम्पूर्ण जगतलाई प्रकाशित गर्दछ , यो हिन्दूहरु बस्ने (हिंद तुन) भूमिमा ऋषिहरु चार किसिमले प्रकट भए ! (३ ) र परमात्मा ले यस संसारका मान्छेहरुलाई आज्ञा दिएर भने वेद, जो दिब्य ज्ञान हो , सोही अनुसार आचरण गर ।(४ ) वेद ज्ञानको भण्डार साम र यजुर हो , जसलाई ईश्वरले प्रदान गरे ! यसैले , हे मेरा भाइहरु वेद निर्दिष्ट कुराहरु तिमीहरु पनि स्वीकार यसले हामीलाइ मोक्षको मार्ग बताउद्छ !(५ ) र बाँकी दुई रिक्, अतर (ऋग्वेद, अथर्ववेद) ले हामीलाई भ्रातृत्वको शिक्षा दिन्छन , यसबाहेक जो इनका शरण पर्न आउछन ती कहिल्यै अन्धकारमा छिर्दैनन !
इस्लाम धर्मका प्रवर्तक मोहम्मद वैदिक परिवारमा हिन्दू स्वरुपमा जन्मिएका थिए ! उनले आफ्नो सम्बन्ध हिन्दू परिवारको पारीवारिक परम्परा र वंश परम्परा संग तोड़ने बिचारले आफुलाई पैगम्बर घोषित गर्ने निश्चय गरे , उनको यो निर्णयले उनको तत्कालिन संयुक्त हिन्दू परिवार छिन्न-भिन्न हुन् गयो र काबामा रहेको ठूलो शिवलिंग (संगे अस्वद) रक्षार्थ हुन् गएको युद्धमा पैगम्बर मोहम्मदका काका उमर-बिन-ए-हश्शाम मारिन पुगे ! उमर-बिन-ए-हश्शामलाई अरब मुलुकमा तथा केन्द्र काबा (मक्का) मा यती धेरै सम्मान दिइन्थ्यो कि सम्पूर्ण अरबी समाज, जो भगवान शिवका भक्त थिए एवं वेद तथा हिन्दू देवी-देवताहरुका अनन्य उपासक थिए , उक्त शिव लिंगलाई अबुल हाकम अर्थात ” ज्ञान को पिता ” भनेर पुकार्थे ! पछि मोहम्मदको नयाँ सम्प्रदायले शिवलाई ईर्ष्या बश अबुल जिहाल ” अज्ञान को पिता ” भन्न थाल्यो !
मोहम्मदले मक्कामा आक्रमण गर्दा , त्याँहा बृहस्पति, मंगल, अश्विनी कुमार, गरूड़, नृसिंह आदिका मूर्तिहरु थिए र एउटा मूर्ति तत्कालिन विश्वविजेता राजा बलिको पनि थियो ! उनि दानी भएकोले तत्कालिन समाजमा प्रसिद्धि पाएका थिए त्यसकारण उनको एउटा हात सुनको राखिएको थियो ! ‘Holul’ को नामले चिन्हिने यो मूर्ति त्याँहा इब्राहम र इस्माइल मूर्त्तिहरुको छेउमै राखिएको थियो ! मोहम्मदले ती सबै मूर्त्तिहरु फ़ोड्फ़ाड गरेर त्यहींको ईनारमा फ्यालिदिए ! त्यसमध्ये पनि भाचिएको शिवलिंगको एउटा टुक्रा आज पनि काबामा छदै छ ! त्यै शिवलिंगलाइ प्रत्येक मुश्लिम व्यक्तिले सम्मानपूर्वक हेर्दछ र हज गर्दा प्रत्येक मुसलमानले त्यो कालो शिवलिंगलाइ ‘संगे अस्वद’ भनी आदर सम्मानका साथ् म्वाइ खान्छ !
प्राचीन अरबीहरुले सिन्धलाइ सिन्ध नै भने पनि हिन्दूहरु बस्ने ठाउँलाई चाहि हिन्द भने ! यहि कुरालाइ हाम्रा तताकथित बोक्रे बिद्वानहरुले सिन्धुबाट हिन्दू भएको भनि प्रष्ट्याए ! सिन्धुबाट हिन्दू भएको भंनेकुरो हास्यास्पदमात्र होइन अबैज्ञानिक पनि छ किनभने इस्लाम धर्मका प्रवर्तक मोहम्मद जन्मिनु भन्दा २३०० वर्ष अघि सम्म अर्थात लगभग १९०० ईश्वी बर्ष पहिला अरबमा हिंदू शब्द जस्ताको त्यस्तै आजकै अर्थमा प्रयोग हुन्थ्यो ! अरब मुलुकको प्राचीन समृद्ध संस्कृति वैदिक थियो ! त्यस बेला ज्ञान-विज्ञान, कला-कौशल, धर्म-संस्कृति कोलागि तिनीहरुको पूर्व संगको सम्बन्ध प्रगाढ थियो !
अरबी काव्य संग्रह ग्रंथ ‘ सेअरूल-ओकुल’ को २५३ औं पातोमा हजरत मोहम्मदको काका उमर-बिन-ए-हश्शामको कविता छ जसमा उनले हिन्दू शव्दको प्रयोग आदर र सम्मानका साथ् गरेका छन ! ‘उमर-बिन-ए-हश्शाम’ को कविता नयी दिल्ली स्थित श्री लक्ष्मीनारायण मन्दिर (बिड़ला मन्दिर) को वाटिकामा रहेको यज्ञशालाको रातो ढुङ्गामा यस प्रकार लेखिएको छ –
” कफविनक जिकरा मिन उलुमिन तब असेक ।
कलुवन अमातातुल हवा व तजक्करू ।१ ।
न तज खेरोहा उड़न एललवदए लिलवरा ।
वलुकएने जातल्लाहे औम असेरू ।२ ।
व अहालोलहा अजहू अरानीमन महादेव ओ ।
मनोजेल इलमुद्दीन मीनहुम व सयत्तरू ।३ ।
व सहबी वे याम फीम कामिल हिन्दे यौमन ।
व यकुलून न लातहजन फइन्नक तवज्जरू ।४ ।
मअस्सयरे अरव्लाकन हसनन कुल्लहूम ।
नजुमुन अजा अत सुम्मा गबुल हिन्दू ।५ ।

अर्थात् – (१ ) त्यस्तो मान्छे , जसले सारा जीवन पाप कर्म र अधर्म गर्दै बिताएको छ, काम- क्रोध गर्दै आफ्नो यौवन बिताएको छ ! (२ ) यदि उ पश्चाताप गरी अरुको भलो गर्ने उद्द्येश्यले फर्किन चाहान्छ भने त्यस अवस्थामा उसको कल्याण सम्भव छ ? (३ ) भन्दै द्विविधामा रहेको व्यक्तिले यदि अशल नियतले शिवजीको पूजा गर्दछ भने उसले धर्म-मार्ग अंगाल्दा उच्च भन्दा उच्च पद पाउन सक्तछ ! (४ ) हे प्रभु ! मलाई सम्पूर्ण जीवन दिन नसके पनि एक दिन मात्र भएपनि हिन्दू मुलुकमा बस्न देउ त्याँहा पुग्न पाए मेरो मान्छेको चोला धन्य हुनेछ ! (५ ) त्यहाँ पुग्न पाए सबै शुभ कर्म प्राप्ति गर्न सक्थे आदर्श गुरूजनहरुको (गबुल हिन्दू) सत्संग गर्न पाउथे !
प्रस्तुत लेख प्रवीण अधिकारीको फेसबुक वालबाट साभार गरिएको हो ।
हामीले यो लेख कुनै एक ब्लग बाट भेटेर साभार गरेका हौ

About Unknown

Organic Theme is officially developed by Templatezy Team. We published High quality Blogger Templates with Awesome Design for blogspot lovers.The very first Blogger Templates Company where you will find Responsive Design Templates.

0 comments:

Post a Comment

Copyright © 2015 ALL VIDEO.COM

Designed by Templatezy | Distributed By Blogger Templates