Friday, December 18, 2015

६ कक्षाकी विद्यार्थीले होस्टलमै बच्चा जन्माईन्, प्रधानाध्यापक गिरफ्तार

Posted By: Unknown - 2:05 AM
भारतको उडिसामा होस्टलमा रहेकी एक छात्राले बच्चा जन्माएपछि दुई जना शिक्षकलाई गिरफ्तार गरिएको छ।छात्राले बच्चा जन्माएपछि स्कुलका प्रधानाध्यापक र होस्टल सुपरिटेन्डेन्टलाई गिरफ्तार गरिएको हो । दुवैजनालाई घटनाका बारेमा जानकारी नदिएर प्रशासनबाट लुकाउन खोजेको आरोप लगाइएको छ । सरकारी तवरबाट सञ्चालित उमुरी आश्रम नामको उक्त विद्यालय आदिवासी जनजातिका बच्चाहरुले पढ्ने आवसीय स्कुल हो । छात्राले ४ फेब्रुअरीमा बच्चा जन्माएकी थिइन् ।


 स्कुलमा उक्त घटना भएपछि ति छात्रालाई समेत एक जिपमा राखेर उनको गाउँ उप्परकेंडीमा बाबु आमाको साथमा पठाइएको थियो । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले प्रधानाध्यापक कैलाश बर्मा र होस्टल सुपरीटेन्डेन्ट सबिता गुरुलाई नियन्त्रणमा लिएको हो । जनवरीदेखि यता स्कुलमै छात्राले बच्चा जन्माएको यो दोस्रो घटना हो । यसअघि २३ जनवरीमा कन्धमाल जिल्लाको लिंगागडामा एक आवासीय स्कुलमा १० कक्षामा पढ्ने छात्राले होस्टलमै बच्चा जन्माएकी थिइन् ।

About Unknown

Organic Theme is officially developed by Templatezy Team. We published High quality Blogger Templates with Awesome Design for blogspot lovers.The very first Blogger Templates Company where you will find Responsive Design Templates.

0 comments:

Post a Comment

Copyright © 2015 ALL VIDEO.COM

Designed by Templatezy | Distributed By Blogger Templates